कोशीका मुख्य न्यायाधिवक्ता कोइरालाले लिए शपथ (भिडिओ)

काठमाडौं । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त रुपेश कोइरालाले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारीले नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री केदार कार्र्की, मंत्रीहरु तथा उच्च पदस्थ कर्मचारीहरु र कानुन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

मुख्यमंत्री केदार कार्र्कीको सिफारिशमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले मुख्य न्यायाधिवक्तामा अधिवक्ता कोइरालालाई नियुक्त गरेका थिए । अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकार समेत हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *