काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रियसभामा पूजा चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।
आज बसेको कार्यकारिणी समितिको बैठकले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेपाल प्रेसलाई बताए ।
जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरीसमेत रहेकी पूजा गत मंसिरको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) बाट पराजित भएकी थिइन् । १९ सीटमा हुने निर्वाचनमा गठबन्धनबाट जसपाले एक सीटमात्रै पाएको छ ।

Leave a Reply