काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभामा २ सीट लिए कुनै मन्त्रालय वा समितिको सभापति थप्ने कांग्रेस र माओवादी केन्द्रबाट प्रस्ताव आएको बैठकमा ब्रिफिङ गरेका छन् । पार्टी मुख्यालय आलोकनगरमा बसेको बैठकमा गठबन्धन घटकबाट यस्तो प्रस्ताव आएको एक नेताले बताए ।
ती नेताले नेपाल प्रेससँग भने, ‘हाम्रो बैठकबाट ५ सीट भनेपनि तीन सीटको अडान राखेका थियौं । तर, उहाँहरुले अहिले २ सीट मात्रै लिनुस् । कुनै मन्त्रालय वा समितिको सभापतिको अफर गर्नुभएको छ ।’
बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले कांग्रेसलाई १०, माओवादीलाई ६, नेकपा एसलाई २ र जसपालाई एक सीट दिने सहमति गरेको छ । तर, त्यो भागबन्डाप्रति असन्तुष्टि राख्दै अध्यक्ष नेपालले अहिले सचिवालय बैठकमा छलफल गरिरहेका छन् ।

Leave a Reply