सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, माधव नेपालले २ सीटमा चित्त बुझाउलान् ?

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बोलाइएको छ । अहिले विहान ८ बजे बैठकले राष्ट्रियसभा निर्वाचनका १९ सीटमा भागबण्डा मिलाउने प्रयास गर्नेछ ।

शनिवार तीन दलले सहमतिको अन्तिम ड्राफ्ट तयार गरेका छन् । नेकपा एसका अध्यक्ष माधव नेपाल रिसाएर हिँडे पनि तीन दलले चार प्रदेशमा आपसी भागबण्डा गरेका हुन् ।

स्रोतका अनुसार सुदूरपश्चिममा महिला माओवादी र पुरूष कांग्रेसको भागमा परेको छ । लुम्बिनीमा महिला कांग्रेसलाई र पुरूष माओवादीले पाउने छ । यस्तै कोशीमा महिला माओवादी र पुरूष कांग्रेसलाई दिने गरी भाग लगाइएको स्रोतले बतायो ।

सहमति अनुसार मधेसमा महिला जसपाले पुरूष र कांग्रेसले महिला सदस्य पाउने छ । बाग्मती र गण्डकीमा माधव नेपाल पनि समेट्नुपर्ने भएकाले शनिवार टुंगो लगाइएन । आज बिहान माधव नेपाललाई राखेर जसरी पनि सहमति गर्ने एक नेताले बताए ।

माधव नेपालले तीन सिटमा दाबी गरेका छन् । तर कांग्रेस र माओवादीले दुई सिटमात्र दिन सकिने बताइरहेका छन् । कांग्रेसले १० सिट र माओवादीले ५ सिट पाउने आपसी सहमति भएको छ ।

साना दलहरू जनमत, लोसपा र राष्ट्रिय जामोर्चाले भने भाग नपाउने भएका छन् । १ सिट दाबी गर्दै आएका ती दफका अध्यक्ष माग पूरा नभएपछि विच्किएर वैठक छाडेर हिँडेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *