गुल्मीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी उपसचिव शर्मालाई

काठमाडौं । गृह मन्त्रालयले गुल्मीमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी उपसचिव कृष्ण शर्मालाई दिइएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै बिहीबार शर्मालाई गुल्मीको सिडिओमा पठाउने निर्णय गरेको हो ।

मन्त्रालयमा प्रशासन महाशाखा अन्तरगत रहेको निजामती कर्मचारी प्रशासन शाखा प्रमुख रहेका शर्मालाई केही समय अघि म्याग्दीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको थियो ।

जिल्लास्थित सत्तापक्षकै केही नेताले कुनै पनि हालतमा शर्मालाई प्रमुख जिल्ला अधिकारी स्वीकार नगर्ने भएपछि मन्त्रालयले उपसचिव लक्ष्मण ढकाललाई म्याग्दीमा प्रमुख जिल्ला अधिकारीमा पठाएको थियो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी सहसचिव टेकबहादुर केसी बिहीबारदेखि अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको प्रमुख जिल्ला अधिकारी पदमा शर्मालाई पठाउने निर्णय भएको हो ।

गुल्मीमा सहसचिव तहको कर्मचारीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने गरिएको भए पनि यस पटक भने उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *