मोहनापुल-अत्तरिया ६ लेन सडकमा अब छुट्टै साइकल लेन

कैलाली । कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा साइकल लेन पनि सुरु गरिएको छ ।

कैलाली भन्सारदेखि विमानस्थल गेटसम्म सात दशमलव १४ किलोमिटर दायाँ बायाँ साइकल तयार गरेको हो ।

उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले शनिवार बिहान साइकल लेनको उद्घाटन गरेकी छन् ।

उनले धनगढीको ट्राफिक चौराहामा हरियो झन्डा देखाएर साइकल लेनको उद्घाटन गरिन् । नगर उपप्रमुखले उद्घाटन गरेपछि ।

नगर प्रमुख गोपाल हमाल सहितका साइकल यात्रीहरूले धनगढीदेखि विमानस्थलसम्म साइकल समेत चलाएका थिए ।

धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा १४ किलोमिटर सडकमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *