कैलाली । नेकपा एमाले दार्चुला जिल्लाको अध्यक्षमा ज्ञानेन्द्रबहादुर घर्ती निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न ९औं जिल्ला अधिवेशनले घर्तीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
पूरै कमिटी सर्वसम्मत निर्वाचित भएको छ । उपाध्यक्षमा प्रमानन्द जोशी, सचिवमा उमेश जोशी, उपसचिवमा कर्णबहादुर खडायत र उपसचिव (महिला)मा कमला पन्त विष्ट निर्वाचित भएका छन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले बुधबार अधिवेशन उद्घाटन गरेका थिए ।

Leave a Reply