काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १२ बजे बैठक बस्ने बताइएको छ ।
बैठकमा राष्ट्रिय सभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफल लगायतका विषयमा छलफल गर्नेछ ।
यस्तै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

Leave a Reply