काठमाडौं । नेपाल र भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
बिहीबार काठमाडौंमा बसेको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा उक्त सम्झौता भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले जानकारी दिए । त्यस्तै, बैठकका क्रममा दुवै देशका परराष्ट्रमन्त्रीले रसुवा–परवानीपुर, कटैया–कुशाहा र नौतनवा-मैनावार १३२ केबी पावर क्षमताका तीनवटा प्रसारण लाइनको उदघाटन गरिएको छ ।
त्यस्तै, भारतले सिधै लगानी गर्न पाउने परियोजना रकमको सीमा ५ करोडबाट बढाएर २० करोड रुपैयाँ दिनसक्ने सहमति भएको छ । हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट सम्बन्धी उक्त सम्झौतामा हस्ताक्षर भएको प्रवक्ता राईले बताए ।
त्यस्तै नेपालको भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने सहमति भएको भएको उनले बताए । त्यस्तै, नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएको उनले बताए ।
कोरोनाको कारण रोकिएको संयुक्त आयोगको आयोगको बैठक अव नियमित हुने प्रवक्ता राईले जानकारी दिए ।

Leave a Reply