सन् २०२५ मा टेस्ट टोलीलाई नेपालमा उतार्ने क्यानको लक्ष्य

काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान)ले सन् २०२५ मा टेस्ट टोलीलाई नेपालमा उतार्ने गरी प्रस्ताव गरिएको जनाएको छ।

क्यानका सचिव पारस खड्काले नयाँ नेतृत्व आएको तीन महिना मात्र भएकाले यो वर्ष उनीहरुलाई नेपाल ल्याउन सक्ने सम्भावना नरहेको घुमाउरो पारामा जवाफ दिए।

‘तपाईहरुलाई थाहा छ जुन किसिमको पूर्वाधार हाम्रो छ अनि टेस्ट टोलीको एक डेढ वर्ष पहिल्यै क्यालेन्डर निश्चित हुन्छ। त्यसैले सन् २०२५ मा नेपाल आउन उहाँहरुलाई हामीले प्रस्ताव गरेका छौँ’, सचिव खड्काले भने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *