प्रधानमन्त्री प्रचण्डलाई भेटे भारतीय विदेशमन्त्री जयशंकरले

काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जयशंकरले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

राष्ट्रपतिसँग शीतल निवासमा भेट गरेका जयशंकरले त्यसपछि प्रधानमन्त्री प्रचण्डसँग भेटेका हुन् ।

आज बिहान १० बजे काठमाडौँ अवतरण भएका जयशंकरको आजको दिनभर व्यस्त छ । प्रधानमन्त्रीसँगको भेटमा ऊर्जा व्यापार देखी विभिन्न सम्झौताका विषयमा छलफल भएको बताइएको छ ।

जयसंकरले नेपाली समकक्षी एनपी साउदसँगको भेटमा सम्झौता गर्नेछन् ।

त्यसपछि उनले कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *