आइएमईद्वारा सातै प्रदेशमा रेमिट्यान्स साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौंं । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिट्यान्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।

गत मंसिरबाट सातै प्रदेशमा सन्चालन गरिएको रेमिट्यान्स साक्षरता कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदारहरुको उपस्थितमा सम्पन्न गरिएको हो ।

साक्षरता कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिटेन्सको प्रयोग बिषयमा केन्द्रित रहेर रेमिटेन्स मार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरी हस्तान्तरण गर्ने, रेमिट्यान्स गरि रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले बिशेषगरि के कुरामा ध्यान पुराउने तथा रेमिटेन्सको डिजिटल प्रगोग सम्बन्धि बिषयमा प्रशिक्षण गरिएको हो ।

स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरुले कमाएको रकमको सुरक्षाको उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *