काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समाजवादको लक्ष्य पूरा गर्न कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्ने बताएका छन् ।
आजको वामपन्थबारे बुधबार भएको छलफलमा उनले कम्युनिष्टहरुबीच कार्यगत एकता हुनुपर्ने बताए ।
उनले भने, ‘अहिले हामी शान्तिपूर्ण बाटोमा छौं । अहिले सबैको कार्यनीति चुनावमा लड्ने बहुमत आयो भने सरकार बनाउने जनताको सेवा गर्ने, अब सबैको लक्ष्य समाजवाद प्राप्त गर्ने, अनि फरक केमा छ ? सबै कुरा एउटै छ भने पार्टीको नाम किने अलग अलग राख्ने, नेताहरु किन अलग अलग बनाउने ? सकिन्छ भने एकताबद्ध कम्युनिष्ट पार्टी चाहियो । त्यो सकिँदैन भने संयुक्त मोर्चा चाहियो । नभए कार्यगत एकता हुनसक्छ चुनावमा । सरकार चलाउँदा हुनसक्छ या अरु संघर्षको मुद्दामा कार्यगत एकता हुनसक्छ । त्यो बाटोमा लाग्नुको विकल्प छैन ।’
लक्ष्य एउटै भएपछि अलग अलग पार्टी बनाउनुको अर्थ नहुने उनको बुझाइ छ ।

Leave a Reply