काठमाडौं । काठमाडौ जिल्ला अदालतमा म्याद थप गर्न ल्याइएका एक थुनुवा बुधबार हत्कडीसहित भागेका छन् ।
अदालत परिसरबाट कमल खड्का नाम गरेका व्यक्ति भागेको प्रहरी स्रोतले जनाएको छ । उनको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको छ । ठगी मुद्दामा म्याद थप गर्न उनलाई अदालत ल्याइएको थियो ।
अर्को एक मुद्दामा मंगलबार कारागारबाट छुटेका खड्कालाई ठगी मुद्दाको अनुसन्धानका लागि पुन नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त महाराजगन्जको जिम्मा लगाइएको थियो ।

Leave a Reply