काठमाडौं । सरकारले सर्वसाधारणको ठूलो परिमाणको रकम अपचलन गर्ने शिव शिखर सहकारी संस्थाका बचतकर्तासँग पाउनु पर्ने रकमको विवरण मागेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ३५ दिनभित्र मागदाबी के कति हो सो को आवेदन दिन भनेको हो ।
मन्त्रालयको मन्त्रीस्तरको गत भदौ २५ को निर्णयानुसार शिव शिखर बहुउद्देशीय सहकारी संस्था लिमिटेडलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि लेखी आएको समितिको सूचनामा उल्लेख छ ।
बचतकर्ताको करोडौं रकम हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको उक्त सहकारी संस्थाका फरार अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत असारमा पक्राउ गरेको थियो ।


Leave a Reply