काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १६ औँ वार्षिक साधारण सभा पौष २१ गते शनिवार ललितपुरमा हुने भएको छ ।
ललितपुरको क्लासिक ब्याङ्क्वेट सानेपामा सम्पन्न हुने १६ औँ साधारण सभाको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने साधारण सभामा देशभरबाट तीन सय ५० हाराहारी व्यवसायीहरूको सहभागी रहने महासंघ महासचिव राजेन्द्रविक्रम बानियाँले जानकारी दिए ।
२०५७ सालमा संघका रूपमा स्थापना भई २०६२ सालमा महासंघ बनेको हो । हाल महासंघमा देशभरका २८ संघहरु आबद्ध छन् ।

Leave a Reply