काठमाडौं । मधेश प्रदेशमा सलार्हीको बलरा नगरपालिका पनि सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ । सरकारले शुरु गरेको अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने अभियान अन्र्तगत मंगलबारदेखि बलरा नगरपालिका पनि आवद्ध भएको हो ।
सामाजिक सुरक्षा कोषको कार्यालय काठमाडौंमा मंगलबार कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र नगरपालिकाकातर्फबाट नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहावीच बलरा नगरपालिकामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकसँगै स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सम्झौंता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौंतासँगै बलरा नगरपालिका भित्रका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रकृया सुरु भएको कोषले जनाएको छ ।
कोष र नगरपालिकावीच भएको सम्झौतापछि नगर प्रमुख कुशवाहाले नगर क्षेत्रभित्र रहेका अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई आगामी दिनमा नगरपालिकाले सहयोगदानमार्फत कोषमा आबद्ध गराउने प्रकृया अगाडी बढाउने बताए ।
जनताको जीवनयापन तथा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको बताउदैँ उनले जनतासामु गरेका प्रतिबद्धतालाई साकार रुप प्रदान गर्न नगर क्षेत्र भित्रका अनौपचारिक तथा स्वरोजगारका श्रमिकलाई बढि भन्दा बढि कोषमा आबद्ध गर्ने विषयमा प्रतिबद्धता जनाए ।
यस्तै कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सहयोगदानमार्फत कोषमा आबद्ध गराउने बलरा नगरपालिकाको यस निर्णयले बलरा नगरक्षेत्रको मात्र नभई कोषमा आबद्ध हुन चाहने अन्य स्थानिय तहलाईसमेत प्रेरित गरेको बताए ।

उनले अब कोष हरेक घरघरको अभिन्न अंग बन्नुपर्नेमा जोड दिदै स्थायी सेवामा काम गरिरहेका सरकारी कर्मचारीले मात्र पेन्सन प्राप्त गर्ने केही समय अघिसम्मको प्रचलन रहेकोमा अब सामाजिक सुरक्षा कोषमा आबद्ध भएका र आगामी दिनमा आबद्ध हु्ने जोकोही श्रमिकलेसमेत पेन्सन प्राप्त गर्ने बताए ।
सक्रिय जीवनको निश्चित कमाईलाई निष्क्रिय जीवनमा सहज जीवनयापन गर्न बलियो आधार प्राप्त हुने अधिकारीले बताए । उनले यस प्रणालीमा जोडिन सम्पुर्ण सरोकारवालामा आग्रह गर्दै कोषको तर्फबाट कोषमा आबद्धताका सन्र्दभमा गर्नुपर्ने सम्पुर्ण कार्यमा कोष प्रतिवद्ध रहेको बताए । मधेश प्रदेशमा यस अघि पर्साको बिरगञ्ज महानगरपालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका र महोत्तरीको बर्दिवास नगरपालिका आवद्ध भइसकेका छन् ।
अनौपचारिक क्षेत्रका श्रमिकको कोषमा योगदान दर
अनौपचारिक क्षेत्रको योगदानकर्ताको हकमा सरकारले तोकेको न्युनतम आधारभुत पारिश्रमीक ९ १०,८२०० को हुन आउने २०.३७ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्दछ । २०.३७ प्रतिशत मध्ये योगदानकर्ता स्वयमले ११ प्रतिशत रकम र सरकार (स्थानिय सरकारसमेत)को तर्फबाट सहयोगदान स्वरुप ९.३७ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्दछ ।
नेपाल सरकारको पाइलट प्रोजेक्टको रुपमा रहेको अनौपचारिक क्षेत्रका श्रमिकसमेत आबद्ध हुने यस प्रकृयामा स्वयम अनौपचारिक क्षेत्रका श्रमिकले आफ्नो स्वइच्छाले आबद्धता हुदै गर्दा समग्र रकम २०.३७ नै आफैले कोषमा जम्मा गरि आबद्धता हुनसमेत सक्नेछन् ।
स्वरोजगार क्षेत्रको योगदानकर्ताको योगदान दर
सरकारले तोकेको न्युनतम पारिश्रमीक बराबर ९ १०,८२०० को हुन आउने ३१ प्रतिशत तथा अधिकतम राख्न चाहे सरकारले तोकेको न्युनतम पारिश्रमीक बराबर ९ १०,८२०० को ३ गुणासम्म राख्न पाउने व्यवस्था रहेको छ ।


Leave a Reply