कर्णाली सरकारले सुजनको परिवारलाई २ लाख राहत दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

प्रदेश सरकारले रावतका परिवारलाई २ लाख रुपैयाँ दिने घोषणा भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘घोषणा गरिएको छ । तर, स्वीकृत गर्न बाँकी छ । अब आउने मन्त्रिपरिषद्ले स्वीकृत गर्ने गरी घोषणा गरिएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *