काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सहभागी कुनै पनि कार्यक्रमलाई लक्षित गरेर सार्वजनिक बिदा नदिन निर्देशन दिएका छन् ।
रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाको कार्यालय उद्घाटन गर्न आउने कार्यक्रमका लागि भनेर पुस १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि प्रधानमन्त्रीले यस्तो निर्देशन आएको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको निर्देशनपछि सुनापति गाउँपालिकाले पनि सार्वजनिक बिदाको निर्णय फिर्ता लिएको छ ।
त्यस्तै, उनले आफ्ना कार्यक्रमहरुमा बालबालिकाहरुलाई समेत सहभागी नगराउन सरकारी निकायलाई निर्देशन दिएका छन् ।

Leave a Reply