काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानले दिएको अधिकार उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले अहिलेको संविधानले सवैलाई अधिकार दिएको भन्दै अधिकार स्थापित गर्नका लागि आयोगलगायत सबै गम्भीर बन्नुपर्ने बताए ।
गणतन्त्र स्थापनापछि अधिकार स्थापीत गर्नका लागि विभिन्न आदिवासी जनजाती आयोगहरु गठन गर्नुपरेको उनले बताए । नले नामको मात्रै आयोगको अर्थ नहने बताउंदै आयोगले दिएको काम, कर्तव्य र अधिकार अनुसार काम गरेर देखाउन सकेमा आयोग गठन भएको पुष्टि हुने धारणा राखे ।
उक्त कार्यक्रममा बोल्दै थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा थारु भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन सरकारसँग माग गरे ।

Leave a Reply