पाँच सदस्यीय संयुक्त युवा-विद्यार्थी दबाब समूह गठन, संयोजकमा राम नेपाली

काठमाडौं । दलित आन्दोलन सुस्ताएका बेला काठमाडौमा संयुक्त युवा-विद्यार्थी दवाव समूह गठन भएको छ । राम नेपालीको संयोजकत्वमा गठन भएको पाच सदस्यीय दवाव समूहको सदस्यमा रामलाल राजवंशी, प्रदिप घतानी, राजु सुनार र सम्झना परियार रहेका छन् ।

जागरण मिडिया सेन्टरले आइतबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको दलित आन्दोलनमा युवा पुस्ताको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमपछि दवाव समूह गठन भएको हो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेतासमेत रहेका समूहका संयोजक राम नेपालीले संघर्ष नै शक्ति भएकाले दलित आन्दोलन शसत्त बनाउन जरुरी रहेको बताए ।

दलित समुदायका हक अधिकार जोगाउन दलित आन्दोलनको नेतृत्व युवा पुस्ताले गर्नुपर्ने निष्कर्ष निकालेर संयुक्त युवा–विद्यार्थी दवाव समूह गठन गरिएको उनको भनाई छ ।

संवैधानिक रुपमा व्यवस्था गरिएका हक अधिकारसमेत पछिल्लो समयमा गुम्ने खतरा रहेकोले आन्दोलन जरुरी रहेको काठमाडौंमा आइतबार आयोजित एक समारोहका सहभागिले पनि बताएका छन् ।

संविधानसभा सदस्य विनोद पहाडीले दलित आन्दोलनले गति लिन नसकेको अवस्थामा संविधानले व्यवस्था गरेका अधिकारसमेत गुम्नु चुनौती देखिएको बताए ।

उनले भने, ‘आक्षरण व्यवस्थामाथि नै प्रहार भइरहेको दलित आयोग र पार्टीका दलित संगठनले प्रतिक्रिया दिन सकेका छैनन् । दलित समुदायले प्राप्त उपलब्धीलाई संस्थागत गर्न दलित आन्दोलनमा य्ुवा पुस्ताको नेतृत्व चाहिएको छ ।’

जागरण मिडिया सेन्टरका अध्यक्ष तथा संविधानसभा सदस्य कमला विश्वकर्माले संविधानले व्यवस्था गरेका हक अधिकारलाई जोगाउन दलित आन्दोलन जुरमुराउन आवश्यक रहेको बताईन ।

त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक तिलक विश्वकर्माले दलित आन्दोलनको नेतृत्व राजनीतिक दल, नागरिक समाज कसले गरेको छ भन्दै प्रश्न गरे । उनले दलित आन्दोलनको नेतृत्वको अभाव रहेको औंल्याए ।

लेखक जेवी विश्वकर्मा संविधानमा दलितका लागि केही व्यवस्था गरेका कारण दलित आन्दोलनको दिशा प्रष्ट नभएको बताए ।

दलित मुक्ति मोर्चाका पदम विश्वकर्मा, मुक्ति समाजका सम्झना परियार, नवीन घतानी, समाजवादी दलित मुक्ति संगठनका प्रदिप घतालले दलित आन्दोलनको गरिमालाई स्थापित गर्न नसकेको बताएका थिए । ंसंविधानमा हाम्रो अधिकार लिपिबद्ध गरिएसंगै दलित समुदायको आत्मसम्मान स्थापित हुने नसकेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा भगत सार्वजित स्मृतिका रामलाल रावजंशी, दलित अभियान्ता खगेन्द्र सुनार, पत्रकार मिलन परियार, रेम विकले दलित आन्दोलनलाई उचाईमा ल्याउन युवा पुस्ताले आन्दोलनको नेतृत्व गर्नुपर्ने बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *