काठमाडौं । राप्रपाले पार्टीद्वारा निकट भविष्यमा गर्ने आन्दोलनलाई व्यवस्थित र प्रभावकारी ढंगबाट सञ्चालन गर्न गठन गरेको आन्दोलन परिचालन समितिलाई पूर्णता दिएको छ । केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले ११ सदस्यीय समिति बनाएको हो ।
यसअघि नै महामन्त्री डा. धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको थियो ।
बैठकले नवीन राप्रपा कार्ययोजनाअन्तर्गत ४० वर्षमुनिका २० जना युवालाई पार्टीको केन्द्रीय समितिमा लैजाने यसअघिको निर्णयलाई कार्यान्वयन गर्न र प्राप्त निवेदनहरुमध्येबाट छनोट गर्न योग्यता र मापदण्ड तय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवक्ता गोपाल दाहाल र सहमहामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गरेको छ ।

Leave a Reply