जाँड खाएर शिक्षकले कुटे विद्यार्थी

डोटी । डोटी दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयका एक शिक्षक राति मदिरा सेवन गरी आफ्नै विद्यार्थीलाई कुट्न गएका छन् ।

शिक्षालयका शिक्षक मन्दिप कुँवर मदिरा सेवन गरी शनिबार राति करिब १२ बजे दिपायल सिलगढी नगरपालिका–४ जोगिडाव्रेस्थित विद्यार्थीहरुको डेरामा पसेर हातपात गरेका हुन् । घटनामा शिक्षक कुँवरले एक विद्यार्थीको मोबाइल समेत फुटाएका पीडित विद्यार्थीहरु बताउँछन् ।

केही समय पहिले विद्यार्थीहरुबीच झडप हुँदा शिक्षक कुँवरले साम्य गराउने क्रममा विद्यार्थीहरुसँग विवाद भएको थियो । सोही विवादको विषयलाई लिएर शिक्षक कुँवर राति विद्यार्थीको कोठाभित्र पसेर कचिङ्गल गरेको प्रहरीको भनाइ छ । घटनाको विषयमा दुवै पक्षलाई बोलाएर छलफल भईरहेको प्रहरीले बतायो ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तव भन्छन् ‘विवाद समाधानको कुरा भएपनि रातिको समयमा विद्यार्थीको कोठाभित्र पस्नु शिक्षक कुँवरको गल्ती हो ।’ घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी श्रीवास्तवले बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *