समयमा उपचार नपाउँदा बझाङमा गर्भवती महिलाको मृत्यु

कैलाली । बझाङमा एक गर्भवती महिलाको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका ६ सिङराल्लीकी ३५ वर्षीय गौबडीदेवी धामीको शनिवार उच्च रक्त श्रावका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराले जानकारी दिए ।

समयमा उपचार भएको अवस्थामा उनको ज्यान जोगाउन सक्ने सम्भावना रहेको उनले बताए । उच्च रक्त श्राव पछि उनलाई रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रले त्यहाँ सम्भव नदेखिएपछि जिल्ला अस्पताल रेफर गरेको अध्यक्ष बोहराले जानकारी दिए ।

जिल्ला अस्पतालमा पनि धामीको उपचार भएन । जिल्ला अस्पतालमा उपकरण र विशेषज्ञ चिकित्सकको अभावका कारण उपचार नभएको र अन्यत्र लैजान साधन नभएका कारण उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष बोहराले बताए ।

उनका अनुसार अन्यत्र लैजान हेलिकप्टर व्यवस्थापन गर्न पनि ढिला भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *