राजा विरेन्द्रको शालिकमा माल्यार्पण

पोखरा । राजा विरेन्द्र वीर विक्रम शाहको ७९औं जन्म जयन्तीको अवसरमा पोखरामा विरेन्द्रको शालिकमा माल्यार्पण गरिएको छ ।

स्वर्गीय राजा विरेन्द्रको शालिक निर्माण समितिले शनिबार पुर्वराजा विरेन्द्रको जन्म जयन्तीको अवसरमा पोखरा महानगरपालिका–१० वीरेन्द्र चोकमा रहेको शालिकमा माल्यार्पण गरेको हो ।

माल्यार्पणको आयोजकलाई सम्पुर्ण राष्ट्रप्रेमी नेपालीको नाम दिइएको छ । माल्यार्पणमा सबै स्थानीय, आमा समूह, टोल सुधार समिती, जेष्ठ नागरिक समूह सहभागी भएको आयोजकको दाबी छ ।

उक्त ठाउँमा केही दिनअघि मात्रै पुर्वराजा विरेन्द्रको शालिक राखिएको थियो । उक्त ठाउँमा २०६२/६३ अघि राजा वीरेन्द्रको शालिक थियो । ६२/६३ को जनआन्दोलनको बेला पुर्व राजा वीरेन्द्रको शालिक हटाएका थिए ।

त्यसपछि स्थानीयले स्वर्गीय राजा विरेन्द्रको शालिक निर्माण समिति बनाएका थिए । सोही समितिको अगुवाइमा पुस ९ गते मध्ये रातमा पुर्व राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको हो ।

करिब २५ लाख खर्चेर राजा वीरेन्द्रको ८ फिट अग्लो शालिक निर्माण गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *