काठमाडौं । नेपाल सुपर लिगको अहिले भइरहेको फाइनलमा ललितपुर सिटी एफसीले अग्रता लिएको छ । दोस्रो हाफको खेल जारी रहँदा धनगढी एफसीविरुद्ध ललितपुर २–१ गोलले अगाडि छ ।
दोस्रो हाफको सुरुवातमै दिनेश हेन्जनले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका हुन् । त्यसअघि पहिलो हाफमा ललितपुरले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । धनगढीले ओलावाले अफिजको गोलमा अग्रता लिएको थियो ।

Leave a Reply