काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको छानविन गर्न गृह मन्त्रालयले बनाएको समिति मान्दिन भन्नु अस्वभाविक रहेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
रास्वपाकी सांसद डा. तोसिमा कार्कीले उक्त घटनाको छानविनको लागि गृह मन्त्रालयले बनाएको समिति नमान्ने बताएकी थिइन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबारे जानकारी दिने क्रममा सञ्चारकर्मीहरु यस्तो बताएकी हुन् । केही गल्तीहरु भए भनेरै छानविन समिति बनाएको उनले बताइन् ।
उनले भनिन्,‘छानविन समितिले के ल्याउँछ । निष्र्कषलाई मान्ने नमान्ने त हुन सक्छ । अब छानविन समिति कहाँबाट लगेर बनाउने त ? गृह अन्तर्गतको समस्या छ । गृह अन्तर्गतको समस्या भइसकेपछि त शान्ति सुरक्षाको विषयमा प्रश्न उठेपछि त गृहमन्त्रालय अन्तर्गत नै बन्छ छानविन समिति । त्यो छानविन समिति मान्दैनौं भन्ने भन्दा पनि ठीक निष्र्कष निकाल्नुपर्छ भविष्यमा पनि यस्ता घटनाहरु दोहोरिन नदिनको लागि त्यो समाधान आउनुपर्छ भन्ने सम्म माग गर्ने कुरासम्म ठीकै हो । कहाँबाट बन्ने छानविन समिति ? हरेक व्यक्तिको फरक धारणा हुने भए । उहाँहरुले धारणा राख्न पाउने कुरा पनि भयो । तर राज्यले गम्भिरता पूर्वक लिएको छ । र यसलाई समाधान गरेरै अगाडि बढ्ने भन्ने कुराहरु छ ।’
उनले उक्त घटनासँग सम्बन्धित अधिकारीहरुलाई निलम्बन गरिसकेको बताइन् ।
‘हिजो नै मन्त्रालयहरुले डिएसपीलाई निलम्बन गर्ने गोली चलाउन दिनेलाई पनि निलम्बन गर्न आदेश दिने र एउटा मन्त्रीज्यूको सुरक्षामा खटिएको पीएसओले जुन भूमिका निर्वाह गर्नुपथ्र्यो त्यो भूमिकामा कमी आएको भनेर पीएसओ निलम्बित भएका छन् । त्यसैगरी श्रम मन्त्रालयले उपसचिवलाई पनि निलम्बित गर्ने निर्णय भएको छ । त्यसअनुसार केही गल्तीहरु भए भन्ने छ । अब मन्त्रीज्यूको गाडीलाई टार्गेट गरेको भन्दा पनि स्वत स्फूर्ति रुपमा आक्रोस भएको हो । र अदालतको निर्णय ३ बजे आउने कुराहरु हुँदा हुँदै पनि जुन ढंगले कम्युनिकेट गर्नुपर्ने हो त्यो सकिएन आनदोलनको क्रममा उत्तेजित भीडमा सुरक्षा परिचालन आदिमा संयमता अपनाउन सक्नुपर्छ ।’ उनले भनिनन् ।

Leave a Reply