बालकुमारी घटना प्रकरण: प्रधानमन्त्रीकाे राजीनामा माग गर्दै सुर्खेतमा विरोध प्रर्दशन

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै प्रर्दशन गरेका छन् ।

शनिबार वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन सुरु भएको हुन् । ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै युवाहरुले वीरेन्द्रनगरको एरिचोकबाट आन्दोलन सुरु गरेका हुन् ।

मृतकका आफन्त र विभिन्न राजनीतिक दलका युवाहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।

कर्णालीका युवाहरूले सरकारको चर्को विरोध गरेका छन् । मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरिरहेका छन् ।

शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको भएको थियो । भएपछि शनिबार वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन सुरु भएको छ । दैलेखलगायत कर्णालीका युवाहरुले वीरेन्द्रनगरमा आन्दोलन थालेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *