रूपन्देहीमा ८ वर्षीया बालिका हत्या आरोपमा एकजना पक्राउ, बलात्कारको विषयमा अनुसन्धान हुँदै

रूपन्देही । रुपन्देहीको दक्षिणी सिमाना मर्चवारी गाउँपालिकामा आठ वर्षीया बालिकाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । शुक्रबार साँझदेखि हराएकी ती बालिकाको शनिबार मृतअवस्थामा भेटिएकी हुन् ।

अपहरण र मृत्युुको अन्य कारण नदेखिएकाले बलात्कारको आशंका गरिएको छ । प्रहरीले यो विषयमा अनुसन्धान सुरू गरेको छ । मर्चवारी गाउँपालिका वडा नं। १ पचुवालीमा बालिकाको शव फेला परेको जिप्रका रूपन्देहीले जनाएको छ ।

शुक्रवार साँझ घरबाहिर खेलिरहेकी बालिका साँझ अवेरसम्म घर नफर्किएपछि परिवारले राती १० बजेतिर प्रहरीलाई खबर गरेको थियो।
खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मर्चवारको टोलीले खोजी गर्दै जाँदा वडा नं। १ स्थित खोल्साको पानीमा घोप्टो परेको अवस्थामा बालिकाको शव फेला परेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार बालिकाको हत्या गरेको आरोपमा मर्चवारी गाउँपालिका वडा नं। १ महाराजगञ्ज बस्ने ३२ वर्षीय अकबर अली पक्राउ परेका छन्।

प्रहरीले अलीलाई शुक्रवार राती नै पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बालिका हराएको खबर पाएपछि खोजी गर्ने क्रममा एकजनाले साइकलमा राखेर लैजाँदै गरेको सूचना पाएपछि सोधपुछ गर्दै जाँदा अलीलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका अलीले बालिकालाई साइकलमा लिएर खोलामा लगेर हत्या गरेको बताएपछि उनैको सहयोगमा घटनास्थल र शव फेला पारिएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए।

बालिकाको शवलाई विहान पौने ४ बजेतिर घटनास्थलमा फेला पारिएको र पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको र पक्राउ परेका अलीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक भट्टका अनुसार बालिकाको शव हिलोसहितको खोल्सामा घोप्टो परेको अवस्थामा फेला परेको र शवको प्रकृत्ति हेर्दा हिलोमा टाउको घोप्टो पारेर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। घटनास्थल बालिकाको घरदेखि सवा दुई किलोमिटर दक्षिण तर्फ रहेको छ।

अहिले बालिकाको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएकोले हत्या हुनुभन्दा पहिले बलात्कार भएनभएको बारे भन्न नसकिने प्रहरीले प्रहरी नायब उपरीक्षक भट्टले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *