काठमाडौं । शुक्रवार बालकुमारीमा घटेको घटनाका सम्बन्धमा बालुवाटारमा प्रधानमन्त्रीले बैठक बोलाएका छन् ।
जारी बैठकमा गठबन्धन दलका नेताहरू, उपप्रधानमन्त्रीहरू, सरकारी उच्च पदस्थ कर्मचारी र सुरक्षा प्रमुखहरू सहभागी छन् ।
बालकुमारीमा कोरिया जाने सपना बोकेका दुईजना युवकको आन्दोलनका क्रममा ज्यान गएको थियो ।
भाषा परीक्षा दिन बञ्चित युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । सोही क्रममा आक्रोशित युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको थियो ।

Leave a Reply