मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरी ध्यानाकर्षण गराएका छन् ।

हेटौंमा बसेको मुख्यमन्त्रीहरुको बैठकले गरेका निर्णयहरू प्रधानमन्त्रीलाई सुनाउँदै संघीयता कार्यान्वयनका सवालमा ध्यानाकर्षण गराएका हुन् ।

संघीयता कार्यान्वयनका लागि संविधानअनुसार प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने विषयमा मुख्यमन्त्रीहरू छलफलमा जुटेका थिए ।

शुक्रवार हेटौँडामा भेला भएका सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश सरकारलाई अधिकार प्राप्तिका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेका थिए । सो निर्णय अनुसार आज प्रधानमन्त्रीसँग उनीहरूले भेट गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *