स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै ईपीएसलाई पारदर्शी बनाउन अनेरास्ववियूको माग

काठमाडौं । नेकपा एसनिकट अनेरास्ववियूले स्वदेशमै सार्वजनिक लगानी र उद्यमशीलतामार्फत रोजगारीको प्रबन्धका लागि ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ ।

अध्यक्ष आरती लामाले विज्ञप्ति जारी गर्दै ईपीएस परीक्षाका विषयमा भएको आन्दोलनका क्रममा दुई युवकको ज्यान गएकोमा दुःख व्यक्त गर्दै सरकारलाई मुलुकभित्रै रोजगारीको प्रबन्ध गर्न आग्रह गरिएको छ ।

त्यस्तै, अनेरास्ववियूले ईपीएस प्रणालीलाई पनि पारदर्शी र व्यवस्थित बनाउन आग्रह गरेको छ ।

‘स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने कुरालाई प्राथमिकतामा राखेर वैदेशिक रोजगारका सन्दर्भमा आवश्यक प्रक्रिया र रोजगार अनुमति प्रणाली (ईपीएस) लगायतका परीक्षाहरुलाई समेत पारदर्शी र व्यवस्थित बनाउन अनेरास्ववियू सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार दिउँसो भएको घटनामा जुम्लाका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *