सन्दीपलाई ७ देखि १० वर्ष सजाय हुनसक्ने

काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई सजायको आदेश दिएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् ।

यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । कति वर्ष सजाय भन्ने अहिले निर्धारण भएको छैन ।

अदालतले गौशाला २६ लाई बालिग ठहर्याएको छ । उमेरले बालिग भएपनि जबरजस्ति करणी गरेको भन्दै अदालतले सन्दीपलाई सजाय सुनाएको हो ।

 

Comments

One response to “सन्दीपलाई ७ देखि १० वर्ष सजाय हुनसक्ने”

  1. Ra Avatar
    Ra

    This is how a cricket star and legend ends his career and life!
    The girl is 18+ but it is rape , what a verdict ? Oops

Leave a Reply

Your email address will not be published. Required fields are marked *