राजमार्गमा राखिएका होर्डिङ/विज्ञापन बोर्ड हटाउन डिभिजन कार्यालय चितवनको ७ दिने अल्टिमेटम

काठमाडौं । सडक डिभिजन कार्यालय चितवनले आफ्नो कार्यक्षेत्रमा पर्ने विभिन्न राष्ट्रिय राजमार्गका सीमामा रहेका अनधिकृत होर्डिङ बोर्ड तथा विज्ञापन बोर्ड हटाउन सात दिनको अल्टिमेटम दिएको छ ।

डिभजन प्रमुखले सूचना जारी गर्दै पूर्वपश्चिम राजमार्गको लोथर–टिकौली–पुलचोक खण्ड, नारायणगढ–मुग्लिङ सडक, हाकिम चोक–जगतपुर–माडी सडक, भरतपुर–रामपुर–मेघौली सडक, आपटारी–देवघाट सडक, टाँडी–सौराहा सडक अन्तर्गत चेनेजमा राखिएका अनधिकृत होर्डिङ बोर्ड÷विज्ञापन बोर्ड हटाउन आग्रह गरेका हुन् ।

नहटाएमा सार्वजनिक सडक ऐन २०३१ बमोजिम उक्त अनधिकृत बोर्डहरु हटाउन आवश्यक कारबाही गरिने कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *