काठमाडौं । चितवनको पर्यटकीय नगरी सौराहामा जारी ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’को चौथो दिन शुक्रबार भव्य कार्यक्रमका बीच हात्तीलाई वनभोज खुवाइएको छ ।
सौराहा क्षेत्रमा पालिएका सरकारी तथा निजी हात्तीहरूलाई विभिन्न फलफूलसहित खिर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो ।
क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पुस १० गतेदेखि आयोजना गरिएको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’मा हात्तीलाई चामल र भेलीको खिर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजालगायतका फलफूल दिइएको युनाईटेट हात्ती संचालक सहकारीका व्यवस्थापक बिनोद तिमिल्सिनाले बताए ।
महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांगेतिक प्रस्तुती दिएका छन् । महोत्सव सुरु भएपछि गन्तव्य अबलोकन गर्न आउने स्वादेशी तथा विदेशी पर्यटकको आगमन बृद्धि भएको छ । अंग्रेजी नयाँ बर्षमा यहाँ आएका पर्यटकहरु स्वदेश फर्किने सम्भावनालाई मध्यनजर गरी पर्यटन व्यवसायीहरुले सौराहामा हरेक बर्ष महोत्सव आयोजना गर्दै आएका छन् ।

Leave a Reply