चलचित्र ‘हात्तीछाप’को ‘मायालु’ बोलको गीत सार्वजनिक

काठमाडौं । नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको फिल्म ‘हात्तीछाप’को ‘मायालु’ बोलको गीत सार्वजनिक गरिएको छ ।

हर्क साउदको शब्द, प्रताप दास र ममता गुरुङको स्वर, उज्ज्वल सागरको संगीत रहेको यो गीतले प्रेमको भाषा भन्छ । फिल्मको यो गीतमा दया र उपासनाको रोमान्टिक प्रेम छल्किएको छ ।

यो गीतको भिडियोले फिल्म भित्र उपासना र दयाबिच फैलिएको मायालाई देखाएको छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोला लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्म माघको २६ गतेबाट रिलिज हुँदैछ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, प्रदीप भारद्धाजको लेखन, देव महर्जनको एक्सन, सुशन प्रजापतिको छायांकन छ ।

रोहित कट्टेलले नेपालमा यो फिल्मको वितरण गर्नेछन् भने एमएसएम पोष्ट प्रोडक्शनले ओभरसिजमा फिल्मको वितरण गर्नेछ । किरण नेपालीको प्रस्तुतीमा तयार भएको यो फिल्ममा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठको निर्माताको रुपमा छन् । सरोज नेपाली फिल्मका कार्यकारी निर्माता हुन्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *