कांग्रेसको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतको ब्रिफिङ- ३० हजार कर्मचारीको दरबन्दी खुलाइँदैछ

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्र सुधारको लागि कानूनी जटिलतादेखि कर्मचारीको अभाव भएको ब्रिफिङ गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा आफ्नो एक वर्षे रिपोर्ट कार्ड बुझाउँदै उनले कर्मचारी व्यवस्थापनको प्रयास भइरहेको बताए ।

उनले भने, ‘अहिले ९२ हजार कर्मचारीको दरबन्दी आवश्यक छ । त्यसमा अहिले ३० हजार दरबन्दी खुलाउन प्रयास हुँदैछ ।’

उनले ८०० काज फिर्ता गराएर दुर्गम भेगमा खटाउने तयारी भएको समेत बताए ।

यस्तै, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाएर लागू गराउने विषयमा काम गरिरहेको मन्त्री बस्नेतले बताए ।
बैठकमा आज कांग्रेसबाट प्रचण्ड सरकारमा रहेका नौ मध्ये मन्त्री बस्नेतले मात्रै आफ्नो प्रगति विवरण बैठकलाई राखेका हुन्। अन्य आठ मन्त्रीले भोलिको बैठकमा राख्दैछन्।

Comments

One response to “कांग्रेसको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतको ब्रिफिङ- ३० हजार कर्मचारीको दरबन्दी खुलाइँदैछ”

  1. ksp pyl Avatar
    ksp pyl

    एक नम्बरको असफल र सरूवाबाट कमाउन पल्केको मन्त्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *