नातिनी ज्वाईंसँग प्रधानमन्त्रीकाे तस्बिर भाइरल, सेनाकाे हेलिकप्टर दुरुपयोग गरेकाे भन्दै आलाेचना

काठमाडौं । नातिनीको खर्चिलो विवाह गरेर आलोचना खेपिरहेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार सेनाको हेलिकप्टरमा नातिनी ज्वाईसँग घुम्न हिँडेको भन्दै पुनः आलोचना भएको छ ।

उनी गोर्खामा छोरी तथा नातिनी, ज्वाईसँग हेलिकप्टरको पृष्ठभूमिमा रहेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो । भर्खरै वैवाहिक जिवनमा बाधिएकी प्रचण्ड नातीनी र जुवाईसँगै खिचिएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्रीको आलोचना भएको हो ।

उनले आफू सुशासनको पक्षमा रहेको भनेर राष्ट्रका नाममा सम्बोधन गरेकै दोस्रो दिन नेपाली सेनाको हेलिकोप्टर पृष्टभूमिमा रहेको नव दम्पती नातीनी र जुवाईसहित सपरिवारको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा टिका टिप्पणीसमेत भइरहेको छ ।

तर उनको सचिवालयले भने गोरखा पुगेका बेला उनी निर्वाचन क्षेत्र गोरखा पुगेको बेला आफन्तसँग भेट भएको र त्यतिबेला लिइएको तस्बिर भए पनि सामाजिक सञ्जालमा गलत ढंगले अफबाह फैलाउने कार्य भएको जनाएको छ । प्रचण्डका निजी सचिव रमेश मल्लले यस्ता गलत भ्रम फैलाएर प्रधानमन्त्रीको राजनैतिक प्रतिवद्धतालाई कमजोर पार्न कोशि भइरहेको र यस्ता गलत सूचनाको भ्रममा नपर्न पनि अनुरोध गरेका छन् ।

उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू आज आफ्नो निर्वाचन क्षेत्र गोरखा कार्यक्रममा गएको बेला आफन्तसङ्ग भेट भएको र त्यतिखेर लिएको तस्वीरलाई लिएर सामाजिक संजालमा गलत ढंगले अफवाह फैलाउने काम भैरहेको छ। यसता गलत सूचना फैलाएर सम्माननीय प्रधानमन्त्रीज्यूको राजनैतिक प्रतिबद्धतालाई कम्जोर पार्ने कोशिस भैरहेको छ। यस प्रकारको गलत सूचनाको भ्रममा नपर्न हामी सबैमा हार्दिक आग्रह गर्दछौं ।’

 

Comments

2 responses to “नातिनी ज्वाईंसँग प्रधानमन्त्रीकाे तस्बिर भाइरल, सेनाकाे हेलिकप्टर दुरुपयोग गरेकाे भन्दै आलाेचना”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्डबाट यो देश बन्दैन । नौटंकीको लागि उनी सधै नयाँ तर झुट कुरा गर्छन । नेपालको अहित गर्न दिल्लीले खडा गरेको पात्र माओवादी हो र प्रचण्ड त्यसको सुप्रिमो ।

  2. ksp pyl Avatar
    ksp pyl

    नातिनीको घर जान सरकारी हेलिकप्टर प्रयोग ।राष्ट्रिय स्रोत निजी काममा दुरूपयोग र वेतुकका कार्यक्रममा जान्न भनेको भोलिपल्टै दिनभर बेतुकका कार्यक्रममा समय खर्च । १० गतेको भाषण नौटंकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *