काठमाडौं । प्रहरी नायब उपरिक्षक-डीएसपी पूर्णीमा चन्द काठमाडौं प्रहरीको पुलिस अफ दी मन्थ घोषित भएकी छन् ।
काठमाडौं प्रहरी परिसरले मंसिर महिनाका लागि चन्दलाई पुलिस अफ दी मन्थ अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । चन्द महानगरीय प्रहरी वृत्त स्वयम्भुकी प्रमुख हुन् ।
शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा गरेको उल्लेख्य कार्यका लागि उनलाई उक्त पुरस्कार दिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।


Leave a Reply