चुनावी वाचा सम्झँदै गोरखावासीसँग प्रधानमन्त्रीले भने- तपाईंहरूसँग गरेको प्रतिबद्धता बिर्सिएको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलयविद्युत आयोजना निर्माणमा आर्थिक अभाव नहुने बताएका छन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकीको आर्थिक स्रोतको सुनिश्चितता गरिसकेको बताए।

उनले भने, ‘बूढीगण्डकी आयोजना के होला, कसो होला भन्ने भइरहेको थियो । केही समयअघि मन्त्रिपरिषद्बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना गरिएको छ ।’

एक हजार २०० मेगावाट क्षमताको उक्त आयोजना निर्माण छिट्टै अघि बढ्ने प्रधानमन्त्री प्रचण्डले बताए । उनले निर्वाचनका बेला आफूले जनतासमक्ष गरेको प्रतिबद्धता नबिर्सिएको तर केही कारणले ढिलाइ भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले गोरखाको देउरालीमा बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालन गर्न छलफल अगाडि बढाइसकेको बताए।

आँपपिपल अस्पताललाई ५० शय्याका रुपमा विकास गरे जिल्लाको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सकिने र त्यसका लागि आधार तयार पार्न स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल तथा समन्वय गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

Comments

2 responses to “चुनावी वाचा सम्झँदै गोरखावासीसँग प्रधानमन्त्रीले भने- तपाईंहरूसँग गरेको प्रतिबद्धता बिर्सिएको छैन”

  1. ksp pyl Avatar
    ksp pyl

    नौटंकि कुरा सुन्दासुन्दा वाक्क भईयो ।

  2. ksp pyl Avatar
    ksp pyl

    अत्यवश्यक काम वाहेक कतै नजाने भनेर हिजो भनेका प्रचण्ड आज वाहियात कुरा गर्न गोरखा पुगेछन् । यसैबाट प्रमाणित हुन्छ यिनले हिजो देशको नाममा गरेको सम्बोधन नौटंकी र झुटको पुलिन्दा हो भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *