‘सरकारको कामले सामन्ती छटपटिएका छन्, चार वर्षमा अझै सफलता हासिल गर्छौं’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन थप बलियो बन्दै गइरहेको दाबी गरेका छन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन सरकारले राम्रो गरेको एकथरी तत्वहरुलाई मन नपरेको बताए ।

उनले भने, ‘गठबन्धन अझै बलियो हुँदै गएको छ । यो पाँचै बर्ष जान्छ। भर्खर एक वर्ष भयो । एक वर्षमै हामीले यतिका काम गर्न सक्यौं अब चार वर्ष यो गठबन्धन हुँदा हाम्रो अपेक्षाहरु पूरा गर्ने दिशामा ठूलाठूला सफलता हासिल गर्न सक्छौं ।’

उनले एक वर्षे आफ्नो कार्यकालमा धेरै रेकर्ड बनेको दाबी गरे ।

उनले भने, ‘हिजोका सामन्तहरु सरकारले गरेको कामदेखि छटपटिएका छन्। कसरी गठबन्धनलाई बदनाम गर्ने होला ? कसरी तोड्नेहोला र यो परिवर्तनलाई उल्ट्याउने प्रयास गर्दैछन् । त्यसलाई सबै मिलेर प्रतिवाद गर्नुपर्छ ।’

 

Comments

One response to “‘सरकारको कामले सामन्ती छटपटिएका छन्, चार वर्षमा अझै सफलता हासिल गर्छौं’”

  1. ksp pyl Avatar
    ksp pyl

    सबै लुटेर खानेहरू एक भएका हुन् ठगबन्धनको नाममा । तिमीहरूलाई अब जनताले चखाउनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *