काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादी, एमालेसहित सबै दलहरूभित्र ठूलो समस्या रहेको बताएका छन् ।
ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अरु पार्टीभित्रको समस्या औल्याउँदै आफ्नो पार्टीले अरुलाई उछिनेर अगाडि बढ्न सक्ने जिकिर गरे ।
उनले भने, ‘हामीलाई अरु पार्टीभित्रको पनि हालत थाहा छ । माओवादीमा पनि भित्र ठूलो समस्या छ, एमालेमा त झन् एक्लै । हामीले मेचीदेखि महाकालीसम्म चलायौं। मध्यपहाडि भागमा जान्छौं भन्दैथ्यौं अरुले उछिनिहालेछन् । राम्रो कुराको जसले अनुशरण गरे पनि हुन्छ । तर, एकजना नेताबाहेक कसैलाई बोल्न दिइएन । हामीले त हाम्रो कार्यक्रममा अधिकतम् सबैलाई बोल्न मौका दिऔं । यही हो फरक हो । हामी लोकतान्त्रिक विधिबाट जान चाहन्छौं ।’

Leave a Reply