झलनाथ भन्छन्- ७० वर्षे उमेरहद सान्दर्भिक छैन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ७० वर्षे उमेरहद सान्दर्भिक नभएको बताएका छन् ।

ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उमेरहदबारे कसरी जाने नेतासँग सुझाव मागे ।

उनले भने- हामीले ९ औँ महाधिवेशनमा ७० वर्षे उमेर हद राख्यौँ तर त्यो भन्दा तलतिरको नेता जन्माउन सकेनौँ । त्यो दुखद कुरा हो । त्यो उमेर हद राखेर मात्रै हुन्छ कि हुँदैन ? यो महाधिवेशनले युवाहरूलाई माथि ल्याउन आवश्यक छ । अब यो उमेरहदको कुरामा सान्दर्भिक देखिँदैन। लागू पनि नगरेकाले यसको सन्दर्भ नै हराइसक्यो ।

उनले पार्टी कमिटी पनि घटाउनुपर्ने बताए । पार्टी कमिटीको बैठक राख्दा लाखौँ खर्च आउने भएकाले अब महाधिवेशनबाट घटाउनुपर्ने उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *