हाइ प्रोफाइललाई कानूनले छुदैन, देश पहुँचमा चल्छ भन्ने भ्रम सरकारले चिर्‍यो : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाइ प्रोफाइलहरुलाई कानूनले छुनै सक्दैन भन्ने आम मनोविज्ञानलाई सरकारले चिरेको दाबी गरेका छन् ।

सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण, सुनलगायतको काण्डमा इतिहासकै सबैभन्दा ठूलो कारवाही र अनुसन्धान गरेको बताए ।

उनले देशमा पहुँच होइन विधिको शासन भन्ने मान्यता स्थापित गरेको उनको भनाइ छ। लोकतन्त्रको सर्बिसिङ र सुद्धिकरण भएपछि जनतामा विश्वास बढेको बताए ।

 

Comments

One response to “हाइ प्रोफाइललाई कानूनले छुदैन, देश पहुँचमा चल्छ भन्ने भ्रम सरकारले चिर्‍यो : प्रधानमन्त्री (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    वाहियात कुरा गर्ने ? महरालाई खोइ समातेको ? बालुवाटारको जग्गा खाने मुख्य कर्ता बावुराम र माधव नेपाल खुलेआम हिडिरहेका छन् । पार्टी छोडेको रिस फेर्न टोपबहादुरलाई समातेको छर्लंग छ । ठूला कुरा गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *