राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएको आज एक वर्ष पूरा भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेको अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट अहिले प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् ।

२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ ।

भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गरेका हुन् ।

उनले आफ्नो आगामी वर्षको कार्यकाल थप प्रभावकारी बनाउन नयाँ क्रमभंग गर्ने उद्घोष गरेका छन् ।

Comments

One response to “राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)”

  1. ss Avatar
    ss

    सय मुसा खाएर विरालो तिर्थयात्रा जानु जस्तै हो प्रधानमन्त्रीको प्रतिवद्धता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *