देशबासीलाई प्रधानमन्त्रीको प्रश्न- के देशमा साँच्चै केही नभएकै हो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली समाजमा देशमा केही हुँदैन र छैन भन्ने भ्रम चलाएकोप्रति चिन्ता व्यक्ति गरेका छन् ।

सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै अहिले नेपाली समाजमा अत्यन्तै चिन्ताजनक रुपमा चारैतिर हिनताबोध र नकारात्मकताको डडेलो लगाइँदै गरेको देखिरहेको बताए ।

उनले भने, ‘सकिँदैन, बन्दैन हुँदैन भन्ने नकारात्मकताले जरैदेखि सिर्जनात्मकता मरिरहेको छ। एकथरी तत्वले यो मानिसिकतालाई नियोजित रुपमा मलजल गरिरहेका छन् । देशमा सबै नराम्रो मात्रै भइरहेको छ। के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्ण रुपमा सम्भावनाहिन बन्दै गएको हो त ? नकारात्मक भावनाले हामीकहाँ सम्भव कामपनि असम्भव बनाइरहेका छौं। हामीले आफ् आफ्नै छेउको उज्यालोृलाई पनि पत्याउँन छाडेका छौं ।’

 

Comments

One response to “देशबासीलाई प्रधानमन्त्रीको प्रश्न- के देशमा साँच्चै केही नभएकै हो ?”

  1. ksp pyl Avatar
    ksp pyl

    देउवा र प्रचण्डले विदेशीको निर्देशनमा गठबन्धन बनाएर देश लुटेका मात्र छन् भनेका हुन जनताले । ओलिले गरेको कामको त जनताले प्रशंसा गरेका छन् । देखेनौ पैदलयात्रामा ओलिको जयजयकार ? तिमीहरू गएका भए ढुंगा हान्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *