काठमाडौं । काठमाडौं मेडिकल कलेजमा फोक्सोमा जमेको पीप अप्रेशन नगरी नै निकालिएको छ ।
छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो । जसलाई भिडिओ एसिस्टेन्ट थोरास्पोकिक सर्जरी पनि भनिन्छ । यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएको मेडिकल कलेजका बालरोग चिकित्सक डा. आशिषलाल श्रेष्ठले बताए । उनले ९ वर्षीया बालिका आकृति ठाकुरको छातीमा निमोनियापछि पीप जम्ने समस्या भएको र सो समस्या विनाअप्रेशन निकाल्न सफल भएको बताए ।
यसअघि छाती चिरेर अप्रेशन गर्नुपर्ने भएपनि यस पटक भने नेपालमै पहिलोपल्ट विनाअप्रेशन भिडिओ एसिस्टेन्ट थोरास्पोकिक सर्जरीबाट पीप बाहिर निकालिएको श्रेष्ठले जानकारी दिए । अप्रेशन गर्दा बिरामीलाई ठीक हुन लामो समय लाग्ने तर यस सर्जरीले भने ठीक हुन पनि समय कम लाग्ने र बिरामीलाई कम दुःख हुने उनको भनाइ छ । यस सर्जरीको सेवा र अप्रेशन सेवाको खर्चमा खासै फरक नरहेको जिकिर गर्नुभयो ।
त्यस्तै बिरामीका पिता उमेशचन्द्र ठाकुरले घरमा ज्वरो र वान्ता आउने समस्या भएपछि स्वासथ्य परीक्षणका क्रममा सो रोगको पत्ता लागेको र अप्रेशनपछि छोरीको स्वास्थ्य ठीक हुँदै गएको बताए ।

Leave a Reply