प्रचण्डको एक वर्षे उपलब्धि- राजनीतिक गद्दारी र बेइमानी

आमचुनावले निकास र विकास दिन्छ भनिन्छ । तर, आमचुनावपछि के भयो ? देशको बेहाल भयो । आमचुनावपछिको एक वर्ष देशमा चरम भ्रष्टाचार छ, बेथिति छ, डावाँडोल छ र अस्थिरता छ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको यो एक वर्ष बीचमा जनतामा चरम निरासा छाएको छ, राजनीतिक अन्योल बढेको छ, अर्थतन्त्र ओरालो लागेको छ ।

पुष्पकमल दाहाल प्रचण्डको शासनको एक वर्ष असफलताको वर्ष रह्यो । प्रधानमन्त्री प्रचण्ड आफैंले यो एक वर्ष सफल भयो पक्कै भन्नुहोला । तर, उहाँको त्यो भनाइमा जनताले खिसीको हाँसो हाँसेर प्रतिक्रिया दिन्छन् । प्रचण्डका सहयात्री कांग्रेसले पनि यो एक वर्ष सफल रह्यो, देशका लागि उपलब्धिमूलक रह्यो भन्न सक्दैन । अहिले देशमा उद्घाटन र शिलान्यास ठप्प छ । काम गरे पो उद्घाटन र शिलान्यास गर्नु ! कोही पनि मन्त्रीले ‘यो एक वर्षमा यति राम्रो काम गरें’ भनेर विवरण पेस गर्नसक्ने अवस्था छैन ।

वास्तवमा प्रधानमन्त्री प्रचण्डको यो एक वर्ष गद्दारीको वर्ष रह्यो । उहाँले राजनीतिक गद्दारी गर्न कसैलाई बाँकी राखेनन् । कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेपछि उनले उसैसँग मिलेर सरकार बनाउनुपर्ने थियो । चुनावमा तेस्रो पार्टीका रुपमा पराजित भएपछि प्रधानमन्त्री पदमा बस्ने नैतिक र राजनीतिक हकदार प्रचण्ड थिएनन् । उनले नैतिक र राजनीतिक दायित्व गठबन्धनबाट पहिलो बनेको पार्टी कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदका लागि समर्थन गर्नु थियो । यो नैतिक दायित्वबाट च्युत भएर प्रचण्डले एमालेको समर्थनमा प्रधानमन्त्री पद हात पारे, एमालेसँग मिलेर सरकार बनाए ।

प्रचण्डले यो एक वर्षमा नेपालको विदेश नीति कता लगेका छन् भन्ने प्रस्ट भइसकेको छ । नेपालले असंलग्न परराष्ट्र नीति लगभग त्यागेको अवस्था छ । विश्वमा बढिरहेको ध्रुवीकरणमा नेपाललाई भारत-अमेरिका गठबन्धनको पक्षमा उभ्याइएको छ भने क्रमशः चीनविरोधी मोर्चामा लगिएको छ ।

एमालेसँग मिलेर सरकार बनाएपछि प्रचण्डले गद्दारीका विभिन्न अध्याय खोल्न थाले । उनले एमालेलाई नै धोका दिए । एमालेलाई सरकारबाट निकालेर कांग्रेसलाई भित्र्याए । निर्लज्ज गद्दारीको अर्को अध्याय थियो- राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारबाट निकाल्नु ! कांग्रेससँग मिलेपछि प्रचण्डको साथमा आरामदायी बहुमत भयो । त्यसपछि रास्वपालाई सरकारबाट निकाले, गृहमन्त्री पद आफ्नै भागमा पारे । प्रदेश सरकारहरुमा पनि प्रचण्डले यस्तै खाले गद्दारी चलाए । अर्थात, प्रचण्डको एक वर्षको राजनीतिक यात्रा गद्दारी नै गद्दारीमा बितेको छ, बेइमानीमा बितेको छ ।

प्रचण्डको अर्को वर्ष पनि गद्दारीमा नै बित्नेछ । किनभने दुई वर्षपछि प्रचण्डले पद छाड्नुपर्ने भित्री एग्रिमेन्ट सार्वजनिक भइसकेको छ । प्रचण्डले पद छाड्नु असम्भव छ । त्यसका लागि गद्दारी गर्नुपर्ने हुन्छ, गद्दारीको अर्काे नाम प्रचण्ड हो भन्ने पुष्टि भइसकेको छ । प्रचण्ड सरकारको एक वर्षमा विकास निर्माणको क्षेत्रमा कुनै पनि उल्लेखनीय काम भएको छैन । यो एक वर्ष बीचमा प्रचण्डले भारत भ्रमण गरेर नेपालको सम्पूर्ण जलस्रोत भारतलाई सम्पने सम्झौता गरेका छन् । नेपालको जलस्रोतमा भारतबाहेक अन्य देश खासगरी चीनको लगानी निषेध गर्ने काम गरेका छन् । नेपालको जलस्रोतमा भारतले मात्र लगानी गर्न सक्ने प्रवन्ध गरेर नेपालको जलस्रोतमा भारतीय एकाधिकार स्थापित गर्ने काम गरेका छन् । यो कामलाई गद्दारीमात्र भन्न मिल्दैन, यो राष्ट्रघात हो, देशद्रोह हो ।

प्रचण्डले यो एक वर्षमा नेपालको विदेश नीति कता लगेका छन् भन्ने प्रस्ट भइसकेको छ । नेपालले असंलग्न परराष्ट्र नीति लगभग त्यागेको अवस्था छ । विश्वमा बढिरहेको ध्रुवीकरणमा नेपाललाई भारत-अमेरिका गठबन्धनको पक्षमा उभ्याइएको छ भने क्रमशः चीनविरोधी मोर्चामा लगिएको छ । निश्चय पनि विश्व अर्थतन्त्रमा आएको मन्दीले नेपाललाई असर गरेको छ । तर, नेपालको आन्तरिक अर्थतन्त्र चलायमान बनाउने काममा प्रचण्ड सरकार पूर्ण असफल भएको छ । भित्रभित्रै सुन पगाल्ने उद्योग चलाउने तर बाँकी उद्योग भने बन्द गराउने नीति प्रचण्ड सरकारले लियो । ल्याइएको सुनलाई छाड्ने, सेटिङ नमिलाइ तस्करी गरिएको सुन समात्ने काममै प्रचण्ड सरकारको दिन बितेको छ । सुन तस्करीमा माओवादीको पार्टी पंक्तिको ठूलो हिस्सा लागिरहेको छ भन्ने स्पष्ट छ । तर, सेटिङ बाहिरका मानिसलाई मात्र पक्रने, आफ्ना तस्कर नेताहरुलाई जोगाउने काम गरिरहेको छ । नेपाललाई सुन तस्करीको ट्रान्जिटका रुपमा बदनाम बनाइएको छ । सुन तस्करीमार्फत कालो धनलाई सेतो बनाउने धन्दा चलाइएको छ ।

सेटिङ नमिलाइ तस्करी गरिएको सुन समात्ने काममै प्रचण्ड सरकारको दिन बितेको छ । सुन तस्करीमा माओवादीको पार्टी पंक्तिको ठूलो हिस्सा लागिरहेको छ भन्ने स्पष्ट छ । तर, सेटिङ बाहिरका मानिसलाई मात्र पक्रने, आफ्ना तस्कर नेताहरुलाई जोगाउने काम गरिरहेको छ । नेपाललाई सुन तस्करीको ट्रान्जिटका रुपमा बदनाम बनाइएको छ ।

प्रचण्ड सरकारले केही पनि गरेन, एउटा सरकारले गर्नुपर्ने न्यूनतम काम भनेको जनतामा आशा जगाउने हो । जनतामा अलिकति पनि आशाको सञ्चार गराउन सकेको छैन । एक वर्षअघि प्रधानमन्त्री बन्दा प्रचण्डले यो पटक प्रधानमन्त्री भएर केही ठोस काम गरेर देखाउँछु भनेका थिए । ठोस कामको नाममा सुनको डल्लोबाहेक केही पनि देख्न पाइएन । प्रधानमन्त्री बनेको एक वर्ष बितेपछि अब चाहिँ केही गरेर देखाउँछु भन्न थालेका छन् । यही पारा हो भने आउँदो वर्ष पनि सरकार बनेको दुई वर्ष पुगेको बेलामा प्रचण्डले अब चाहिँ केही गरेर देखाउँछु भन्नेछन् । अब केही गरेर देखाउँछु भन्ने वाक्य प्रचण्डको थेगो नै भएको छ ।

सरकार पूरै असफल भएको छ । यो असफलताको जिम्मा नेपाली कांग्रेसले लिनुपर्छ । सरकारले यो यो काम गरेर देखाओस् भनेर कांग्रेसले यो एक वर्ष बीचमा औपचारिक रुपमा भनेन । कुनै ध्यानाकर्षण या अनुरोधपत्र अथवा मागपत्र पनि दिएन । शेरबहादुर र आरजु सन्तुष्ट भएपछि समग्र कांग्रेस पार्टी सन्तुष्ट भएको हो त ? कस्तो लाग्छ भने यो सरकारसँग चार जनामात्र सन्तुष्ट छन्, प्रचण्ड र शेरबहादुर अनि गंगा र आरजु । देशको शासन सत्तामा दुई परिवारको यी चार जनाको हालीमुहाली देखिन्छ । वास्तवमा देशमा माओवादी र कांग्रेसको गठबन्धनले नभएर यी चार जनाको पारिवारिक गठबन्धनले शासन गरिरहेको प्रतित हुन्छ ।

प्रचण्ड र उनको पार्टी यसै सक्किएको हो, उसै सक्किएको हो । यस्तो नालायक सरकारलाई काँधमा बोकेर हिँडिरहेको कांग्रेस सक्किने हो कि सच्चिने हो ? शेरबहादुर-आरजु दम्पतीबाहेकका कांग्रेसजनले सोच्नुपर्ने भएको छ ।

Comments

4 responses to “प्रचण्डको एक वर्षे उपलब्धि- राजनीतिक गद्दारी र बेइमानी”

  1. muskan raj Avatar
    muskan raj

    Dr.sundari jiu ko katti sistapurana political language .kasto bhasha prayog! Hjr tetti kai phd Dr. Bhayeko hoina rahexa.

  2. ksp pyl Avatar
    ksp pyl

    एकदमै राम्रो र यथार्थपरक लेख । डासाबले वितेको र आगामी एक वर्षको कुरा गर्नुभएछ । म त भन्छु प्रचण्ड यो देशको भलो होईन सधैं कुभलो गर्न जन्मेको पात्र हो । माओवादी र प्रचण्ड दिल्लीले नेपाल विरूद्व प्रयोग गर्न जन्माएको पात्र हो । त्यसैले प्रचण्डले देशको भलो गर्नुपर्दैन कुभलो मात्र नगरिदिए पनि ठूलो गुन हुन्थ्य‍ो । काँग्रेस भनेको अहिले आरजूको हातमा छ । उनीले जे भन्यो त्यहि हुन्छ । देउवा त कठपुतली हुन र अरू नेता कठपुतलि नाचेको हेर्ने रमिते हुन् । अरूको कुनै हैसियत छैन । आफ्नो पालोमा प्रचण्डले गद्दारी नगरून भनेर उनका हजार खत टुलुटुलु हेरेर बसेका छन् देउवा ।

  3. Nityaraj Dahal Avatar
    Nityaraj Dahal

    yini kasari Dr vaina.
    ki bihar bata chorer lyaina.

    1. ksp pyl Avatar
      ksp pyl

      प्रचण्डले अलिअलि फालेको हण्डी खान पाएकाहरू डासावको कुराको विरोध गर्छन । नूनको सोझो गर्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *