इसान पाण्डेकाे सतकमा हिमालय एकेडेमी काठमाडौं जिल्ला छनोटको फाइनलमा

काठमाडौं। प्रधानमन्त्री कप पुरुष क्रिकेटको काठमाडौं जिल्ला छनोटमा हिमालय क्रिकेट एकेडेमी फाइनलमा पुगेको छ। सोमबार भएको सेमिफाइनलमा हिमालयले न्यु भिजन क्लबलाई हरायो।

मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको न्यु भिजनले ४४।५ ओभरमा सबै विकेट गुमाएर २ सय ५३ रन जोडेको थियो। उसका लागि हरिबहादुर चौहानले एक सय ६, बबिन बोहराले ३७, सुसन कार्कीले २३, सक्षम कार्कीले २७ र प्रकाश चन्दले २१ रन बनाए।

हिमालयका सुबिन हाडाले ३ तथा इसान पान्डे, दर्शक विष्ट र जबयाङ लामाले २र२ विकेट हात पारे। हिमालयले ४०।३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्योक। विजयी टोलीका इसान पान्डे एक्लैले एक सय १९ रन बनाए। जवयाङले पनि ७५ रन बनाए।

अलराउन्ड प्रदर्शन गरेका इसान प्लेयर अफ दी म्याच घोषित भए। मंगलबार हुने अर्को सेमिफाइनलमा महाविर क्लब र क्रिकेट एक्सिलेन्स सेन्टर(सीईसी)बीच प्रतिस्पर्धा हुने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *