‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ चौथो संस्करण आयोजना हुँदै

काठमाडौं । सिजन मिडियाले ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ नामक राष्ट्रिय अवार्ड तथा समाजसेवीहरूको कामको सम्मानस्वरूप चौंथोे संस्करणको कार्यक्रम आयोजना गर्ने भएको छ ।

लामो समयदेखि सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक क्षेत्रमा अग्रणी संस्थाका रूपमा काम गर्दै आएको सिजन मिडियाले विगतका वर्षहरूझैं यस वर्ष पनि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व र संस्थाहरूको कामको मूल्याङ्कन र उनीहरूको कामलाई अझै हौसला प्रदान गर्ने उद्देश्यले २०८० साल माघ अन्तिम साता काठमाडौँमा सम्मान कार्यक्रम हुने भएको हो ।

कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरूमा रहेर नेपाल र नेपालीको दुःख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघसंस्था तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरिनेछ ।

विभिन्न मानवीय, महामारी, वाढी पहिरो भूकम्प तथा प्राकृतिक प्रकोपको विषम अवस्थामा दिनरात नभनी विभिन्न क्षेत्रमा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्था साथै निरन्तर रूपमा सामाजिक सेवाभावले समाज रहेर सामाजिक सेवामा निरन्तर काम गर्नेलाई यसपटक पनि विशेष सम्मान गर्न लागिएको हो ।

हरेक मानिस वा समाजमा रहेका विविध समस्या परेको समयमा सानोभन्दा सानो सहयोगले पनि ठूलो महत्व पु¥याएको हुन्छ भने समुदायको जीवनरक्षा गर्न बल पुगेको हुन्छ ।

सामाजिक क्षेत्रमा उनीहरूले दिएको योगदानको शब्दमा समेत उतार्न असम्भव नै हुन्छ । समाजका ती विशेष व्यक्तिलाई यसपटक संस्थाले अवार्ड तथा सम्मान प्रदान गरी उनीहरूको काम गर्ने सोच र सामाजिक दायित्वलाई हौसला दिन लागिएको हो ।

यस्तै सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील अन्य व्यक्तित्व तथा संस्थालाई समेत हामी यसपटक पनि सम्मान प्रदान गर्न गइरहेका छौँ । सिजन मिडियाका कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको जानकारी दिए ।

‘सबै नागरिकमा सामाजिक भावना विगत ४ वर्षदेखि निरन्तर रूपमा उहाँहरूको जोश जागर र सामाजिक सेवालाई जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं’, उनले भने, ‘यसले नयाँ पुस्तालाई पनि प्रेरणा दिनेछ ।’

उनले सम्मानका लागि संस्थाले विभिन्न मापदण्ड बनाएको र त्यसका आधारमा छनोट भएका व्यक्तित्वलाई विशेष कार्यक्रमको आयोजना गरी सम्मानित गरिनेछ ।

सधैँ जस्तै साथ र सहयोग प्रदान गर्दै आउनुभएका सामाजिक व्यक्तित्व तथा हाम्रा मार्गदर्शकलाई पुनः हामी नमन गर्दै यस कार्यमा यहाँहरूको साथ र सहयोग रहने समेत विश्वास व्यक्त गर्दछौँ । सकारात्मक सोच राखौँ, सामाजिक दायित्व पूरा गरौँ र राम्रा काम गर्नेलाई प्रेरणा र हौसला प्रदान गरौँ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *